कार्यलय सहयोगी करार लिने सम्बन्धी सूचना

 

नेपाली राजदूतावास, नयाँ दिल्ली

 

                                                                                                                        सूचना प्रकशित मिति: २०७५/०५/१२

                       सूचना

 

विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारी व्यवस्था सम्बन्धी निर्देशिका २०७२ बमोजिम यस राजदूतावासमा करार सेवामा काम गर्ने गरी कार्यलय सहयोगी १ नियुक्त गर्नुपर्ने भएकोले प्रचलित कानून बमोजिम योग्य भएका इच्छुक व्यक्तिहरुले देहायको शर्तहरुको आधारमा यो सूचना प्रकाशित भएको १५ (पन्ध्र) दिन भित्र(अन्तिम मितिमा विदा परेको भए सो को भोलि पल्ट राजदूतावास खुलेको दिन) निवेदन पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ । म्याद समाप्त भएपछि आएका, हुलाक वा इमेल मार्फत प्राप्त भएका निवेदन उपर कुनै कारवाही गरिने छैन । साथै, निवेदन पेश गर्ने उम्मेद्वारहरुलाई छनोट गर्ने नगर्ने सम्पूर्ण अधिकार यस राजदूतावासमा रहने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

  • नेपाली वा भारतीय नागरिकले निवेदन पेश गर्न सक्ने वा उम्मेद्वार हुन सक्ने छन् ।
  • सम्बन्धित उम्मेद्धारले नेपाली राजदूतावास नयाँ दिल्लीको नाममा एक प्रति फोटो सहित निवेदन पेश गर्नु पर्नेछ ।
  • योग्यताः लेखपढ गर्न सक्ने। अनुभवीलाई ग्राह्यता दिईने छ।
  • पेश गर्नु पर्ने कागजात : निवेदन, नागरिकता वा पासपोर्टको प्रमाणपत्रको प्रतिलिपी ।(छनौटको क्रममा  सक्कल कागजात पेश गर्नुपर्नेछ।)
  • उमेर १८ वर्ष पूरा भएको हुनुपर्ने छ ।
  • छनौटको किसिमM अन्तर्वार्ता
  • अन्तर्वार्ताको मिति र अन्य जानकारी राजदूतावासले तोके बमोजिम हुनेछ ।
  • तलब : नेपाल सरकारको नियमानसार हुनेछ ।
  • सेवाको प्रकार : करार ।
  • सेवाको अवधि : १ बर्ष।
  • कार्यविवरण : कार्यलय सहयोगीले गर्नुपर्ने र आवश्यकताअनुसारको सम्पूर्ण कामहरु।
  • सेवाका शर्तहरु : करारनामामा उल्लेख भए बमोजिम हुनेछ ।
  • निवेदन दिने मिति समाप्त भएपछि, तोकिएका आधारहरु अनुरुप नभएका निवेदहरुलाई अन्तर्वार्ताको लागि छनौट गरिने छैन ।
  • झुठो विवरण पेश गरेको पाइएमा निवेदन/शिफारिस रद्द हुनेछ ।
  • यसमा उल्लेख भएका विषयहरु यसै बमोजिम र नभएको हकमा निर्देशिका बमोजिम हुनेछ ।