सवारी चालक करार लिने सम्बन्धी सूचना

नेपाली राजदूतावास, नयाँ दिल्ली

सूचना प्रकशित मिति: २०७५/०४/२४

सूचना

विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारी व्यवस्था सम्बन्धी निर्देशिका २०७२ बमोजिम यस राजदूतावासमा करार सेवामा काम गर्ने गरी सवारी चालक १ नियुक्त गर्नुपर्ने भएकोले प्रचलित कानून बमोजिम योग्य भएका इच्छुक व्यक्तिहरुले देहाय योग्यता र शर्तहरुको आधारमा यो सूचना प्रकाशित भएको १५ (पन्ध्र) दिन भित्र(अन्तिम मितिमा विदा परेको भए सो को भोलि पल्ट राजदूतावास खुलेको दिन) निवेदन पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ । म्याद समाप्त भएपछि आएका हुलाक वा इमेल मार्फत प्राप्त भएका निवेदन उपर कुनै कारवाही गरिने छैन । साथै, निवेदन पेश गर्ने उम्मेद्वारहरुलाई छनोट गर्ने नगर्ने सम्पूर्ण अधिकार यस राजदूतावासमा रहने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
 नेपाली वा भारतीय नागरिकले निवेदन पेश गर्न सक्ने वा उम्मेद्वार हुन सक्ने छन् ।
 सम्बन्धित उम्मेद्धारले नेपाली राजदूतावास नयाँ दिल्लीको नाममा एक प्रति फोटो सहित निवेदन पेश गर्नु पर्नेछ ।
 योग्यताःभारत सरकारवाट जारी भएको ड्राईभिङ लाईसेन्स र सवारी चलाउन सक्ने ज्ञान,सिप र क्षमता भएको। लेखपढ गर्न सक्ने। स्थानीय भाषा, संस्कृति, प्रचलनसँग परिचित र ट्राफिक नियमको ज्ञान भएको हुनुपर्नेछ। अनुभवीलाई ग्राह्यता दिईने छ।
 पेश गर्नु पर्ने कागजात : निवेदन साथड्राईभिङ लाईसेन्स र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि एवं सवारी चालकको अनुभव सम्बन्धी प्रमाणपत्र भए सो समेत पेश गर्नुपर्नेछ । छनौटको क्रममा ड्राईभिङ लाईसेन्सको सक्कल प्रमाण पेश गर्नुपर्नेछ।
 उमेर १८ वर्ष भएको हुनुपर्ने छ ।
 छनौटको किसिम प्रयोगात्मक (सवारी साधान चलाउने सिप)।
 अन्तर्वार्ताको र प्रयोगात्मक मिति : राजदूतावासले तोके बमोजिम हुनेछ ।
 स्थान : नेपाली राजदूतावास नयाँ दिल्ली ।
 तलब : नेपाल सरकारको नियमानसार हुनेछ ।
 सेवाको प्रकार : करार ।
 सेवाको अवधि : १ बर्ष।
 कार्यविवरण : सवारी साधन चलाउने र सवारीको जिम्मा लिई सुरक्षित राख्ने ।
 सेवाका शर्तहरु : करारनामामा उल्लेख भए बमोजिम हुनेछ ।
 निवेदन दिने मिति समाप्त भएपछि, तोकिएका आधारहरु अनुरुप नभएका निवेदहरुलाई अन्तर्वार्ताको लागि छनौट गरिने छैन । निवेदकहरुको नामावली राजदूतावासको सूचना पाटीमा प्रकाशित हुनेछ ।
 मुख्य उम्मेदवार १ र बैकल्पिक १ छनौट गरिने छ ।
 झुठो विवरण पेश गरेको पाइएमा शिफारिस रद्द हुनेछ ।
 यसमा उल्लेख भएका विषयहरु यसै बमोजिम र नभएको हकमा निर्देशिका बमोजिम हुनेछ ।