सेवा करार लिने सम्बन्धी सूचना

मितिः २०७४/७/१०

यस राजदूतावासमा रिक्त रहेको  कार्यालय सहयोगी स्थानीय कर्मचारी कार्यालय सहयोगी पदसंख्या–१ मा विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारी व्यवस्थापन सम्बन्धी निर्देशिका,२०७२ बमोजिम करार सेवामा नियुक्त गर्नु पर्ने भएकोले प्रचलित कानून बमोजिम योग्य भएका इच्छुक व्यक्तिहरुले देहायको योग्यता र शर्तहरुको आधारमा यो सूचना प्रकाशित भएको १५ (पन्ध्र) दिन भित्र ईच्छुक नेपाली वा भारतीय नागरिकहरुले आवेदन/निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ । म्याद समाप्त भएपछि आएका वा हुलाक वा इमेल मार्फत प्राप्त भएका निवेदन उपर कुनै कारवाही गरिने छैन । साथै, निवेदन पेश गर्ने उम्मेदवारहरुलाई छनोट गर्ने नगर्ने सम्पूर्ण अधिकार यस राजदूतावासमा रहने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

  • नेपाली राजदूतावास नयाँ दिल्लीको नाममा एक प्रति फोटो सहित निवेदन पेश गर्नु पर्ने छ ।
  • शैक्षिक योग्यताः लेखपढ गर्न सक्ने।
  • उमेरः १८ वर्ष पुरा भएको हुनुपर्ने छ ।
  • छनोटको किसिमः अन्तरवार्ता हुनेछ।
  • -विदेशस्थित नियोगहरुमा काम गरेको ,स्थानीय भाषा वोल्न र लेख्न सक्ने,स्थानीय संस्कृति रहन सहन, वोलीचाली र प्रचलनसँग परिचित उमेद्वारलाई प्राथमिकता दिइने छ ।)
  • अन्तरवार्ताको मिति राजदूतावासले तोके बमोजिम हुनेछ ।
  • अन्तरवार्ता नेपाली राजदूतावास, नयाँ दिल्लीमा हुनेछ ।
  • तलवः नेपाल सरकारले तोके वमोजिम हुनेछ ।
  • सेवाको प्रकारः करार।
  • कार्य विवरणः सेवाग्राहीहरुलाई दूतावासको अफिसको गेटसँगै रहेको काउन्टरबाट प्रारम्भिक सूचना प्रदान गर्ने, रेलवे टिकटको लागि आउनुहुने सेवाग्राहीहरुलाई लाइनमा बसाउने, दरखास्त संकलन गर्ने, टोकन दिने, संकलित दरखास्तहरु सम्बन्धित डेस्कसम्म पु-याउने र सिफारिस सम्बन्धी पत्र तयार भएपछि सम्बन्धित सेवाग्राहीहरुलाई बुझाउने, राजदूतवासको चिठ्ठी पत्र ओसारपसार गर्ने, कार्यालय सहयोगीको पदले गर्ने काम र राजदूतावासले लगाएका अन्य कामहरु गर्ने।
  • सेवाका शर्तहरु करारनामामा उल्लेख भएबमोजिम हुनेछ ।
  • निवेदन दिने मिति समाप्त भएपछि, तोकिएका आधारहरु अनुरुप योग्यता नभएका निवेदकहरुलाई अन्तरवार्ताको लागि छनौट गरिने छैन । निवेदकहरुको नामावली राजदूतावासको सूचना पाँटीमा प्रकाशित हुनेछ । अन्तरवार्तामा समावेश नगर्ने तथा सिफारिश भैसकेपछि झुटो विवरण पेश गरेको भन्ने ठहर भएमा शिफारिस रद्द हुनेछ । साथै प्रचलित कानून वमोजिम अन्य कारवाहीको लागि आवश्यक प्रकृया अघि वढाईने छ।
  • यसमा उल्लेख भएका विषयहरु यसै बमोजिम र नभएको हकमा निर्देशिका बमोजिम हुनेछ ।